साताको पहिलो दिनमै खराब सुरुवात, नेप्से १७.३० अंकले ऋणात्मक

0
Shares

यो साताको पहिलो दिनमै नेप्सेमा खराब सुरुवात भएको छ । आइतबार सेयर बजार परिसूचक मापक नेप्से १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको हो ।

आज दिनभरमा ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिद बिक्री भएका छन् । बिहीबार २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएकोमा दैनिक कारोबार रकम ५५ करोड २० लाख रुपैयाँले बढेको हो ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये निर्जीवन बीमा बाहेक सबै १२ ओटै ऋणात्मक बनेको छ। उत्पादनमुलक सर्वाधिक ३.६५ प्रतितशले घटेको बजारमा ब्यापार, लघुवित्त र विकास बैंकको इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको २ लाख ९० हजार १३६ कित्ता सेयर २८ करोड ६८ लाख ९३ हजार रुपैयाँमा किनबेच भएको हो । यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख र रिभर फल्स पावरको ९ करोड माथिको सेयर कारोबार भयो ।

यसदिन मायाखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै आजको बजारमा गरिमा डिबेञ्चर २०८५ को मूल्य ८.०८, उन्नति सहकार्य लघुवित्तको ७.७४, ज्योति विकास बैंक बन्ड २०८७ को मूल्य ७.५३ र मन्दाकिनी हाइड्रोपावरको मूल्य ७.०८ प्रतिशतले बढेको छ । उता आइतबारको बजारबाट बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ७.६४ प्रतिशत, सिवाईसी नेपाल लघुवित्त ५.८२, थ्रीस्टार हाइड्रोपावर ५.३३ र किसान लघुवित्तको सेयर मूल्य ४.३० प्रतिशतले घटेको छ ।

आज २११ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८९ कम्पनीको मात्र मूल्य बढेको छ । १६ कम्पनीको भाउ स्थीर रह्यो ।

आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ३१ करोड ८३ लाख रुपैयाँमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।