नेप्से परिसूचकको ओरालो यात्रा जारी


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । 
 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् । 
 
कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार छ सय ७९रुपैयाँ, पोखरा फाइनान्स सात करोड ३७ लाख ५५ हजार छ सय ४६ रुपैयाँ, शिवम् सिमेन्ट पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ रुपैयाँ  मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 
 
नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् । 
 
रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव ३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।