आज शुक्रबार सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

योसँगै शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बिहीबार ६०० रुपैयाँले गिरावट भएर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार थियो ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।