ह्वाइट लोटस पावरले १२ करोडको आईपीओ जारी गर्ने

0
Shares

ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य एक सय रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा उक्त सेयर निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशनतथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशी ले हस्ताक्षर गरे।

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।