बङ्गलादेशले कृषि उद्योगलाई स्तरोन्नति गरी उच्च गुणस्तरको विकास हासिल गर्नका लागि चिनियाँ कृषि प्रशोधन उद्यम र कृषि मेसिनरी उद्यमलाई मुलुकमा लगानी गर्न स्वागत गरेको कृषिमन्त्री मोहम्मद अब्दुस शाहिदले बताएका छन।
बङ्गलादेशका लागि चिनियाँ राजदूत याओ वेनसँग भेटमा शाहिदले बङ्गलादेशको विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै चीन बङ्गलादेशको सबैभन्दा असल मित्र र विकास साझेदार भएको बताए । उनले चीनमा आँप निर्यातलाई बढावा दिएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए।
याओले बङ्लादेशबाट चीनमा ताजा आँपको निर्यातलाई बढावा दिन र बङ्गलादेशलाई आलुसम्बन्धी रोग नियन्त्रण गर्न चीनले व्यावहारिक उपायहरू गर्ने बताए।
चीनले थप बङ्गलादेशी कृषि प्राविधिकलाई चीनमा प्रशिक्षणका लागि आमन्त्रित गरी कृषिमा द्विपक्षीय सहयोगलाई मझबुत बनाई बङ्गलादेशलाई स्थिर आर्थिक र सामाजिक विकास हासिल गर्न मद्दत गर्ने अवसरहरू लिन चाहेको याओले उल्लेख गरे।
मन्त्री शाहिदले चीनबाट धेरै (कृषि) मेसिनरीहरू आयात गर्दै आएको उल्लेख गर्दै यसको मात्रा बढाउने योजना बनाएको बैठकपछि फाइनान्सियल एक्सप्रेसलाई बताए।
विशेष प्रकारका कृषि यन्त्रको आयात बढाउनका लागि प्रश्न गर्दा उनले कृषि उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने हार्वेस्टर र टिलरजस्ता कृषि यन्त्रलाई बढ्दो आयातमा समावेश गरिने बताए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया