भारतको फर्च्युन होटेल्स्को नेपाल उपस्थिती, भक्तपुरबाट अन्तर्राष्ट्रिय यात्रा सुरु


भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका संचालकहरुले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल संजालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटेल्स्का प्रवन्ध निर्देशक समिर एमसीले भनेः “नयाँ वर्षको शुरुवातमै फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौँ । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा सेवा सुरु गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरुले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरुको पहिलो रोजाईमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फच्र्यून होटेल्स्को सुविधाहरु नेपालमा ल्याउन चाहन्छौँ ।”

पहिलो रिसोर्ट सुरु गर्दै–गर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेको उनले बताए । विश्वकै अग्लो शिव मुर्ती मध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको बताएका उनले नेपाल आउने पर्यटकहरुको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

शान्त वातावरणमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्ने बताइएको छ ।

शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध हुने साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ । थरि थरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरुलाई सर्वाेत्कृष्ट सेवा प्रदान गर्ने जनाएको छ ।

फर्च्युन होटेल्स्सँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, “फर्च्युन होटेल्स्सँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौं । फर्च्युन होटेल्स् एक चर्चित होटल संजाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो । फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ । हामी आतिथ्यताको पभिाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पु¥याउनेछौँ ।”

काठमाडौँबाट २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरु पनि सहजै पुग्न सकिन्छ । साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरुमाझ उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूण छाप छोड्ने विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।