तेह्रथुम पावर तेस्रो त्रैमाससम्म २ करोड घाटामा

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा बढाउँदा कम्पनीले गत वर्षको तुलनामा नोक्सानी घटाउन सफल भएको छ । विद्युत बिक्री आम्दानीमा वृद्धि भएसँगै समीक्षा अवधिमा २९.३२ प्रतिशतले घाटामा सुधार भएको हो । 

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट १० करोड २४ लाख ३४ हजार रुपैयाँ खूद आम्दानी गरेको छ  । गत आवकाे यसै अविधमा ९ करोड ६८ लाख रूपैयाँ रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १ करोड २३ लाख रुपैयाँ कमाएको छ । चैतसम्ममा खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

यस त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा १०.०२ प्रतिशतले बढेर ५ करोड ७६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५ करोड २४ लाख ४२ हजार रुपैयाँ रहेको थियो । तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २ करोड ४३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ७ करोड ७३ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ८ करोड २ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

चुक्ता पुँजी ४० करोड रहेको कम्पनीको जगेडा कोष १६ करोड ५६ लाख ९ हजार रुपैयाँ ऋणात्मक छ । तेस्रो त्रैमाससम्म कम्पनीले ९६ करोड ७१ लाख रुपैयाँ दीर्घकालिन कर्जा र १ करोड रुपैयाँ बराबरको अल्पकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ७४ लाख र कुल चालु दायित्व २ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रशासनिक खर्च २७ लाख ७ हजार र बिक्री खर्च ४ करोड १७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा ऋणात्मक छ । यस्तै प्रति सेयर नेटवर्थ ५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८० गुणा ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।