सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी


काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

आगामी जेठ १३ गते ललितपुरमा आयोजना हुने सङ्गोष्ठीमा भारतको नयाँदिल्ली दक्षिण एसियाली विश्वविद्यालयका कुलपति प्राध्यापक केके अग्रवाल, संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइकलगायत वक्ता रहने विभागका प्रमुख डा. निर्मलमणि अधिकारीले जानकारी दिए । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।