नेप्सेमा ८ लाख कित्ता बोनस सेयर सुचिकृत


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको करिब ८ लाख कित्ता सेयर सुचिकरण भएको छ । बिहीबार कावेली विकास बैंक र सिभिल लघुवित्तको कुल ७ लाख ८० हजार ९५६ कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको शेयर मध्येमा कावेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएको हो । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाइ बोनस शेयर वितरण गरेका हुन् ।

कावेलीको ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर २०७५ पुस १२ गतेसम्म कायम शेयरधनी मात्र प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी सिभिल लघुवित्तको ७ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर सहित ३.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको बोनस शेयर २०७५ पुस १९ गते सम्म कायम शेयरधनीले बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।