अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ

0
Shares

अवैध अनलाइन सट्टेबाजीमा २ अर्ब भन्दा बढीको कारोबार गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायक बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन् । उनले वानएक्स बेट, जुवा ३६५, क्रिप्टो जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी अवैध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनले सट्टाबाजी गर्न रकम प्रयोग गर्ने, अन्य व्यक्तिलाई पनि संकलन गर्न लगाउने गरेको प्रहरीको आरोप छ । त्यस्तै प्रहरीको उनीबाट विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट खुलाइएका ११ वटा कनेक्ट आईपीएस अकाउन्ट, १५ इसेवा जोडिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार भएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।