नबिल बैंकका सिइओ ढुंगानाको कार्यकाल थप दुई वर्ष लम्बियो

0
Shares

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थप भएको छ ।

ढुंगानालाई बुधबार बैंकको सञ्चालक समितिको ६५७ औं बैठकले थप दुई वर्षको लागि सिइओमा नियुक्त गरेको हो ।

मिति २०७९/०३/१७ देखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त भएका ढुंगानाले अब २०८१/३/१७ देखि लागू हुने गरी थप २ वर्ष नेतृत्व सम्हाल्नेछन ।

जसअनुसार सिइओ ढुंगानको कार्यकाल २०८३ असार १७ सम्म रहने भएको छ ।

ढुंगानागानासँग बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी लामो अनुभव रहेको छ ।

ढुंगानाले नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व सम्हाली सकेका छन् । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेको अनुभव रहेको छ ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा मेनेजर टु वाच र सन् २०१५ मा मेनेजर अफ दी इयर विधामा पुरस्कृत भएका थिए ।

कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।