नेप्से झिनो अंकले बढ्दा ४ अर्ब २३ करोडको कारोबार, लघुवित्तमा आकर्षण

0
Shares

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भयो। आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै लघुवित्त उपसमूहको परिसूचक पनि यस दिन उच्च दरमा बढेको छ। यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ भने बाँकी अन्य सबै उपसमूहका सूचक नकारात्मक रहे ।

आजको बजारमा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सिर्जनसिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ भने सिईडिबि लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०३ प्रतिशत बढेको छ। आज माण्डू हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयरमूल्य आज ५.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको करिब १२ करोडको कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।