गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साढे २२ करोडको आईपीओ जारी गर्ने

0
Shares

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् ।

केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेकोछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेठ २०८१, सोमबार  १७ : ५८ बजे