मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाटको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

0
Shares

रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ ।

२०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले संचालनमा आएको आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए ।

आयोजनाका कार्यकारी निर्देशक नेपालका अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाईप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनुका साथै आयोजनाको बाँध पूर्ण रुपले क्षती भएको थियो । यस आयोजन २०७६ असोज २० देखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलामा अवस्थित इँवा खोला जलविद्युत आयोजनामा तत्कालिन बैङ्क अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेशनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।