दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर

0
Shares

दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार एक व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) मा हस्ताक्षर गरेका छन् । दक्षिण कोरियाको अरब देशसँगको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सियोलमा आयोजित शिखर वार्तापछि व्यापार उदारीकरण र लगानी विस्तारजस्ता क्षेत्रहरूमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ पार्न यो सम्झौता गरिएको हो ।

संयुक्त अरब इमिरेट्स दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौतामा पुग्ने पहिलो अरब राष्ट्र हो ।

संयुक्त अरब इमिरेट्सको सार्वभौम सम्पत्ति कोषले पनि दक्षिण कोरियामा ३० अर्ब डलर लगानी गर्ने आफ्नो प्रतिबद्धता पुन स् पुष्टि गरेको छ ।

दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार, आणविक ऊर्जा, बौद्धिक सम्पत्ति, रक्षा र अन्य प्रविधिमा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोहम्मद दक्षिण कोरियाको राजकीय भ्रमण गर्ने युएईको पहिलो राष्ट्रपति हुन । उनी दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आइपुगेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।