युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ ल्याउने

0
Shares

युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आगामी असार ६ गते बिहीबार डाकेको प्रथम वार्षिक साधारण सभामा आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने प्रस्ताव राखिएको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा असार ६ गते बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण उपर छलफल भई निर्णय गर्नेछ । आव २०८०–८१ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै, कम्पनीको चुक्ता पुँजीभन्दा बढी लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल हुने कार्यक्रम सभाका लागि तय भएको छ । पूँजी संरचना संशोधनका सम्बन्धमा आवश्यक छलफल तथा निर्णय पनि सभाले गर्नेछ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोलामा ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता सेयरमा लगानी छ । कम्पनीले हाइड्रोपावर कम्पनीमा ३० प्रतिशत सेयरमा लगानी गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।