विश्व वातावरण दिवसमा वृक्षारोपण तथा साइकल र्‍यालीको आयोजना

0
Shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा ५ मे २०२४ का दिन साइकल र्‍यालीको आयोजना गरेको छ।

कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाण्डौंबाट विहान ६ः०० बजे शुरु गरी नारायणचौर, नक्साल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्‍यालीको आयोजना गरिएको हो ।

वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाइएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साइकल र्‍यालीमा सहभागि भएका थिए ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौं, स्वस्थ्य भएर जीवन जीउँ भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे ।

निर्जीवन बीमाको क्षेत्रमा आइजीआई प्रुडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छी, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउँदै कम्पनीले अनलाईन बीमा सेवा समेत सुरु गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।