एनपीएलका लागि टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’


काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। यसमा ३३३ मिनेट अलनेट भ्वाइस कल र प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ।

नेपाल टेलिकमका अनुसार प्याकेज आज कात्तिक १० देखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेजको अवधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्दा लाग्ने शुल्क मासिक भाडा शुल्कमा समावेश हुनेछ।

प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट १४१५९३ डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन्।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ। नेपाली खेलकुद क्षेत्रको विकासका लागि कम्पनीले निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।