जनसेवी लघुवित्तको साधारण सेयरमा पहिलो दिनमै ओभर सब्सक्राइव


जनसेवी लघुवित्तको साधारण शेयर बिक्री खुला भएको पहिलो दिनमा नै ओभर सब्सक्राइव भएको छ । शुक्रबार बिक्री खुला भएको माइक्रो फाइनान्सको साधारणसेयरमा एक घण्टमै शेयर सबै शेयर बिक्री भएको छ । लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार यो समाचार तयार पर्दासम्ममा २५ हजार आवेदनवाट ४ लाख ५० कित्ता शेयर माग भएको हो । बिक्री प्रबन्धकका अनुसार शेयर बिक्री खुलेको एक घण्टा आर्थत ११ बजे भित्रै ४ करोड ५० हजार बराबरको ४ लाख ५० कित्ता शेयर माग भएको हो । 

लघुवित्तले शुक्रबारदेखि चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको कुल चार लाख ६३ हजार ३०० कित्ता शेयरमा बिक्रीमा ल्याएको हो । त्यस मध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानी कोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीका लागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणमा बिक्रीका लागि ल्याएको हो । यस आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ।

लघुवित्तको आईपिओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आईपिओ एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दातल आधार रहेको बुझाउँछ। आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

लघुवित्तले चालु आर्थिक वर्षमा जनसेवीले एक करोड ९९ लाख, आर्थिक वर्ष २०७६÷७७ मा ३ करोड २० लाख र आर्थिक वर्ष २०७७÷७८ मा ५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरको छ । लघुवित्तले चैत मसान्तसम्म ८७ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ ।