आँखुखोलालाई १५० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको छ । असार १९ गते बोर्डले कम्पनीलाई उक्त हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो ।

यस कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो ।

हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। सोहि अनुसार हकप्रद शेयर निष्काशनको लागि विवरणपत्र प्रकाशित गर्न बोर्डले अनुमति दिएको हो।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।