पाँच वर्षमा अलैँचीको निर्यात ४६.२९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६\७७ को एघार महिनाको अवधिमा ३ अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात हुँदा चालु आवको सोही अवधिमा ७ अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन ४६.२९ प्रतिशतले धेरै हो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा ४३ लाख ९ हजार केजी अलैँची निर्यात हुँदा चालु आवमा ४७ लाख १९ हजार ९४५ केजी अलैँची निर्यात भएको हो । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७० करोड २१ दाख ८६ हजार रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी अलैँची निर्यात भएको थियो ।
उता, आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५५ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको ५० लाख ५० हजार ५९३ केजी अलैँची निर्यात हुँदा आर्थि वर्ष २०७७/७८ मा ६ अर्ब ६९ करोड २१ लाख १६ हजार रुपैयाँ बराबरको ८४ लाख ३३४ हजार ३५७ केजी अलैँची निर्यात भएको थियो ।
नेपालबाट निर्यात भएको अलैँची सबैभन्दा धेरै भारत जाने गरेको छ । भारतमा ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । यसबाहेक पाकिस्तानमा ११ लाख ६७ हजार रुपैयाँको निर्यात हुँदा जापानमा २७ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको तथ्याङ्क छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची भारत, पाकिस्तान, जर्मनी, भारत, इटाली, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै अलैँची निर्यात बढ्दै गएको हो । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो। अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ। नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ । उच्च मूल्य पाइने हुनाले अलैँचीलाई खोल्सीको कालो सुनको रूपमा लिने गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस्तै आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।
यस्ता छन् अलैँचीका औषधिय गुण
अलैँची एउटा मसला बाली हो । यसलाई तेल मीठाई, केक, पेष्ट्रिज आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । यसको सुगन्धित बियाँबाट सिनेओल नामक सुगन्धित औषधिय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ ।
सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रूपमा पनि अलैँचीको प्रयोग गर्ने गरिएको छ। यस्तै, यसलाई फोक्सोको क्षयरोग फोक्सोमा अवरोध रहेक, आँखाको ढकनी/पलक सुन्निएको, घाँटी दुखेकोे, पाचन प्रणालीमा गडबडी आदिको उपचारको लागि अलैँचीको अधिक प्रयोग गर्ने गरिएको छ । त्यतिमात्र होइन अलैँचीलाई सौन्दर्य प्रशाधनहरू निर्माण गर्न समेत प्रयोग गर्ने गरिएको छ । अलैँचीको बियाँ पानसँग पान मसालाको रूपमा खाइन्छ।
यसलाई चिया र कफी बनाउनका साथै मदिरा तयार गर्न टिन्चर र कफी बनाउन समेत प्रयोग गरिन्छ । यस्तै अलैचीलाई चिसो रुघाखोकी, बान्ता,, हैजा वा अरू कारणले पेट दुखेको, टाउको दुखेको, थकाइ लागेको, लुतो, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसासम्बन्धी रोगका लागि पनि प्रयोग गरिन्छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया