समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबार सुरु

0
Shares

बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिएपश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग पु¥याउन दुई संस्थाबीच गत भदौ ७ मा गाभ्ने गाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ शेयर स्वाप रेशियोमा गाभेको हो ।

एकीकृत कारोबार पश्चात संस्थाको बनेपामा केन्द्रीय कार्यालय र सात वटै प्रदेशमा ९९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए ।

संस्थाको चुक्ता पँुजी जारी हुन लागेको एफपिओसहित ५९ करोड ९० लाख ९० हजार ७ सय २८ रुपैयाँ पुगेको छ । संस्थाले ८१ हजार ५ सय ३६ सदस्यहरुलाई वित्तीय सेवा पु¥याएको र ४ अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा १ अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन भएको पनि डा. घिमिरेले बताए ।

दुवै संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ २९ गते, नेपाल धितोपत्र बोर्डबाट २०८१ असार ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८१ असार ११ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । समता घरेलु लघुवित्त संस्था लि. बिगतमा दुई वटा संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई वटा संस्था गाभिएर बनेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।