मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ बेडको अत्याधुनिक सघन उपचार कक्षको उद्‌घाटन

0
Shares

मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ शय्याको अत्याधुनिक सघन उपचार कक्षको उद्‌घाटन गरिएको छ। शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय सुरेन्द्र राज पाण्डेले सघन उपचार कक्षको उद्‌घाटन गरेका हुन्।

नवनिर्मित सघन उपचार कक्ष बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकारात्मक असर नगर्ने आइसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको र अब गम्भीर बिरामीहरुसमेत काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्येक शय्यामा मोनिटर, भेन्टिलेटर, ईसीजी मेसिन, यूएसजी तथा इको प्रणालीहरु जडित छन् जसले गर्दा बिरामीहरुलाई धेरै सहज हुनेछ। यस सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयरसम्बन्धी डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नर्स र बिरामीको अनुमात मिलाइ नर्सिङ सेवाको व्यवस्था मिलाइएको अस्पतालको जनाएको छ।

यसका साथै अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाइटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने बताइएको छ। आउँदा दिनहरुमा पनि गुणस्तरीय सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ