सानिमा मिडल तमोरको निमित्त सीईओमा पोखरेल

0
Shares

सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा मणिराज पोखरेल नियुक्त भएका छन् ।

सञ्चालक समितिको २०८१ असार २८ गते शुक्रबार बिहान १०ः३० बजे बसेको बैठकको निर्णयानुसार कम्पनीका आयोजना संयोजक डा. मणिराज पोखरेललाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ती नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको कम्पनी सचिव बिशाल बन्जाराले जानकारी दिए ।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जुगल भूर्तेल रहेका थिए । उनको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा आगामी कार्यकालका लागि निजले आफ्नो व्यक्तिगत कार्य व्यस्थताको कारण काम्पनीको सेवामा निरन्तरता दिन असमर्थ रहेको बताएपछि पोखरेललाई निमित्त बनाइएको हो ।

कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ती नभएसम्मका लागि मणिराज पोखरेललो कम्पनीको कार्यकारी प्रमुखको रूपमा प्रमुख कार्यकारी अधिकृतले गर्दै आएको सम्पूर्ण काम कारवाहिहरू सञ्चालन गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।