शिवम सिमेन्टस र अपी पावरको सेयरमा झुम्मिए लगानीकर्ता

0
Shares

मंगलबार नेप्से ७५.३३ अंकले बढेपछि बजारमा लगानीकर्ताको मुख्य आकर्षण शिवम सिमेन्टस लिमिटेड र अपि पावर कम्पनीमा देखिएको छ।
कुल १४ अर्ब ११ करोड ६३ लाखकोधितोपत्र कारोबार भएको बजारमा शिवम सिमेन्टस लिमिटेडको मात्रै २४ करोड ६९ ३३ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै आज अपी पावरको पनि २४ करोड २६ लाख १२ हजार रुपैयाँको धितोपत्र कारोबार भएको छ।

शीर्ष कारोबार भएका अन्य यी १० कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्स, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी गुप्र पावर, लक्ष्मी सनराईज बैंक, सानिमा माई हाइड्रोपावर, अपर तामाकोशी, हिमाल दोलखा हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेका छन् ।

आजको बजारमा हिमालयन रि इन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २१ करोड ५६ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २० करोड १९ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

यसैगरी सर्वाधिक कारोबार हुने दश कम्पनीमा परेका लक्ष्मी सनराईज बैंकको १९ करोड ९३ लाख, सानिमा माई हाइड्रोपावरको १९ करोड ३९ लाख, अपर तामाकोशी हाइड्रोपावरको १९ करोड १८ लाख, हिमाल दोलखा हाइड्रोपावरको १८ करोड ७८ लाख रुपैयाँ र माउन्टेन इनर्जी नेपाल लिमिटेडको १७ करोड ३० लाख रुपैयाँबराबरको धितोपत्र किनबेच भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।