प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्कासनको प्रक्रिया बढायो, सेबोनमा दियो आवेदन

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भएको ‘८५ प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।

कुल निष्कासमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋणपूँजी ९सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत० सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।