मौद्रिक नीतिले उचालेको सेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

0
Shares

पहिलो सर्किट लागेर खुलेको बजार १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

सेयर बजार परिसूचक आइतबार २२ मिनेटमा १२९ अंकले बढेर २६९७.२१ विन्दुमा पुगेको छ। बजारमा ५२ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारका लागि लचिलो व्यवस्था गरेसँगै बजारमा सकारात्मक उत्साह देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।