हिमालयन जनरल इन्स्योरेन्सको व्यवसायसँगै खुद नाफामा गिरावट


हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।०७७ को पुस मसान्तमा ७ करोड १८ लाख रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफामा १६.५५ प्रतिशतको गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १८ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ८६ हजार रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ०६ पैसा छ भने मूल्य आम्दानी अनुपात ४६.३२ गुणा बढी छ ।