बिहेको सिजन लागेपछि सुनको मूल्य आकासियो

0
Shares

अन्तराष्ट्रिय बजारमा सुनको भाउ महङ्गो हुँदा नेपाली बजारमा पुन:ऐतिहासिक उचाईमा पुगेको छ । फागुन महिना बिहेको सिजन भएकाले पनि सुनको भाउ बढेको हो ।

फागुन लागे यता नै सुनको भाउ प्रतितोला झण्डै एक हजार रुपैयाँको हाराहारीमा बढीसकेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य फागुन ४ गते आइतबार ७६ हजार ५ सय रुपैयाँमा पुगेको छ । यसअघि गत पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएर उच्च विन्दुमा पुगेको थियो ।

सुनको मूल्य गत शुक्रबारको तुलनामा ५ सय रुपैयाँ तथा चाँदी प्रोतितोला ५ रुपैयाँले बढेको हो । गत शुक्रबार सुन प्रतितोला ७६ हजार तथा चाँदी प्रतितोला ८८० मा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८८५ पुगेको छ ।