नीति निर्माणमा बसेर औषतभन्दा कम कार्य सम्पादन गर्नेहरुबाट सरकारको आलोचना : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले नीति निर्माणमा बसेर औषतभन्दा कम कार्य सम्पादन गर्ने र आफ्नो पालामा सिन्को नभाच्ने व्यक्तीहरु सरकारको कार्यकुशलता भएन भन्दै प्रचारबाजीमा लागेको बताएका छन् ।

सोमबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले जिम्मेवारीमा रहँदा लक्षित कार्यसम्पादन गर्न नसक्नेहरु नै टिभिमा अन्तर्वाता दिन व्यस्त रहेको भन्दै उनले सरकारले औषत भन्दा धेरै माथि काम गर्दा पनि सरकारको आलोचना गर्नेहरुलाई सबैले चिन्नुपर्ने बेला आएको बताए।

उनले अहिलेको सरकारले दुई वर्षको अवधिमा अधिकांस क्षेत्रमा औषत भन्दा माथिको काम गरेको दाबी समेत गरे । खतिवडाले पछिल्लो दुई वर्षमा आर्थिक वृद्धि, सुशासन, भष्ट्राचार निवारण र समाजको रुपान्तरणमा यो सरकारले औषत भन्दा माथिको काम गरेको बताए ।

‘चार प्रतिशतको आर्थिक वृद्धि पनि नदेख्नेहरु ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस नै चलाउदै छन् । बहसको स्तर नै ६/७ प्रतिशतको आर्थिक वृद्धिदरमा पुगेर अडिएको छ । ३/४ प्रतिशतको कुरै हुँदैन। ६ प्रतिशतको लक्ष्य राखेर १६ प्रतिशतको मूल्यवृद्धि हुँदा चुप लाग्ने समाज अहिले ६.४ प्रतिशत पुग्दा पनि बहसमा उत्रने गरेको छ । यसैले बुझ्न जरुरी छ । हामी लक्ष्यको कति नजिक छौ ।’ अर्थमन्त्री खतिवडाले भने ।