बलात्कार प्रयास मुद्दामा जिल्ला अदालतबाट महराले पाए सफाइ

0
Shares

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरप्रसाद पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो।

संसद सचिवालयकी कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । महरा माथि लागेको अभियोग मागदाबीमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।  आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए।

गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै असोज १७ गते शुक्रबार निवर्तमान सभामुख महरा विरुद्ध प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरी दर्ता भएपछि बलात्कारको प्रयास गरेको आरोपमा असोज १९ गते आइतबार प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको थियो। 

अदालतमा बयान दिँदा रोशनी शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। र सोही विवरणको निवेदन अदालतमा दिएकी थिइन्। 

यद्यपी  गत असोज १२ गते आईतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुने स्थित डेरामा पुगेर आफुलाई बलात्कार गरेको शाहीले भोलिपल्ट मिडियाहरुमा बताएकी थिइन् ।