शिवम् सिमेन्ट्सको खुद नाफा एक अर्ब पाँच करोड


केही महिना अघि मात्र सर्वसाधारण प्रिमियमा सेयर निष्कासन गरेको शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा १२ करोड २३ लाख रुपैयाँले धेरै हो ।
गत आवको ९ महिनामा कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनीको रिटेर्नड् अर्निङ्ग ३ अर्ब ४४ करोड ११ लाख रुपैयाँ छ भने आईपिओ बिक्री गरेको रकमले शेयर प्रिमियम कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले साधारण सेयर निष्काशन गर्दा सर्वसाधारणमा ४४ लाख कित्ताको प्रतिकित्ता २०० र स्थानीयबाट ८ लाख ८० हजारको प्रतिकित्ता १०० रुपैयाँ दरले प्रिमियम संकलन गरेको थियो ।

हाल चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८८ पैसा छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ अन्य बिक्री आय गरेको कम्पनीले ५ अर्ब ३७ करोड दुई लाख रुपैयाँ बिक्री खर्च गरेको छ । कम्पनीको आम्दानी र खर्च दुबै १७ प्रतिशत बढेको हो ।

तीन अर्ब ५८ लाख कुल नाफा आर्जन गरेको कम्पनीको प्रशासनिक, बिक्री वितरण खर्च, ह्रासकट्टी समेत कूल एक अर्ब ६१ करोड ५४ लाख खर्च गरेको हो ।

चार अर्ब ३६ करोड बराबरको सम्पत्ति उद्योगमा लगानी गरेको शिवम्ले तीन अर्ब ३६ करोड ५७ लाख रुपैयाँ साहायक कम्पनीहरुमा लगानी गरेको छ । कम्पनीको कूल सम्पत्ति तथा दायित्व १३ अर्ब ३२ करोड बराबरको रहेको छ।


बैशाख ९ गते सोमबार प्रतिकित्ता ३०५ रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको शेयरमूल्य १३ करोबार दिन पश्चात बैशाख २९ गते ४८.२० प्रतिशतले बढेर ४५२ पुगेको छ ।