सीमा नाका सीलबाट खाद्यन्न, इन्धन र औषधि आयतमा असर नपर्ने

0
Shares

नेपालसंग सीमा जोडिएका चीन र भारतर्फका सबै नाका बन्द गर्ने निर्णयले अत्यावश्यक वस्तुको आयातमा कुनै असर नपर्ने सरकारले स्पष्ट पारेको छ।
सीमा बन्दले पेट्रोलियम पदार्थको आयात तथा ढुवानी पनि नरोकिने नेपाल आयल निगमले जनाएको छ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जनाएको छ । निगमले आ आफ्‍ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्‍न समेत निर्देशन दिएको छ।

सरकारको आइतबार बसेको बैठकले ७ दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सीमाहरु तत्काल बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  ०८ : ०० बजे