एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने अवधि थप

0
Shares

एनएलजी इन्स्योरेन्सले फागुन २२ गतेदेखि विक्रीमा ल्याएको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ ।

कम्पनीले यसअघि चैत १२ गतेसम्मको मिति तय गरेपनि अहिलेको परिस्थितिलाई ध्यानमा राखी चैत २७ गतेसम्म अवधि थप गर्ने निर्णय कम्पनीले गरेको हो ।

कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद विक्रीको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते कम्पनीले स्वीकृति पाएको थियो । यो हकप्रद माघ २६ गतेसम्मका कायम शेयरधनीहरुले मात्र खरीद गर्न सक्नेछन् ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी  ६४ करोड ४ लाख ६ हजार २५० रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  १६ : ५७ बजे