साउदी अरबमा २१ दिन कर्फ्यू

0
Shares

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो कर्फ्यू आदेशको घोषणा गरेको जनाइएको छ। उनले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यूको घोषणा गर्न परेको स्पष्ट पारेका छन्।

साउदी राजा सल्मानले जनहितका लागि कर्फ्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्न भएको छ। राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  १८ : २८ बजे