सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने

0
Shares

सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारीस्तरबाट समय लाग्न सक्ने भएकाले निजी क्षेत्रले ल्याउन सक्ने भए त्यसका लागि समेत प्रस्ताव ल्याउन सरकारले आव्हान गरेको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।  उनीहरलाई हवाईलगायत अन्य सेवा आवश्यक भए नेपाल सरकारले सहयोग गर्ने जनाएको छ ।

अत्यावश्यक बाहेक बाहिर ननिस्कुन र अत्यावश्यक बाहेक गाडी नचलाउनु भनेर सरकारले गरेको आव्हानलाई आम–नेपालीले पालना गरेर अपेक्षामा साथ दिएको भन्दै सरकारले धन्यवाद समेत दिएको छ ।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  १८ : ४२ बजे