भारतद्धारा कोरोनासँग लड्न १५ हजार करोडको कार्यक्रम घोषणा, आजदेखि २१ दिनसम्म ‘लकडाउन’

0
Shares

भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि १५ हजार करोड भारतीय रुपैयाँ बजेटको व्यवस्था गरेको छ । भारतीय प्रधामन्त्री नरेन्द मोदीले मंगलबार जनताका नाममा सम्बोधन गर्दै स्वस्थ्य क्षेत्रका पुर्वाधार अभाव हुन नदिनका लागि बजेटको घोषणा गरेका हुन् ।

मोदीले सम्बोधनमा मंगलबार राती १२ बजेदेखि आगामी २१ दिन राष्ट्रिय रुपमा लक डाउनको घोषणा समेत गरेका छन् ।

मोदीले जनतालाई हात नै जोडेर घरभित्र बस्न अनुरोध गर्दै भने, “तपाँईहरुले आफ्नो घरेको ढोकालाई लक्ष्मण रेखाको रुपमा लिएर घरभित्रै बस्नका लागि अनुरोध गर्दछु ।” स्वस्थ्य क्षेत्रलाई पूर्ण पुर्वाधार सम्पन्न बनाउनका लागि आवश्यक सम्पुर्ण पुर्वाधार तयार गर्न १५ हजार करोड रुपैयाँको व्यवस्था गरेको समेत उनले बताए ।

उक्त रकम आइसीयु बेड, भेन्टिलेटर, आइसोलेसन बेड तथा मेडिकल, प्यारामेडिकल फोर्समा खर्च गरीने समेत उनले बताए छन् ।
अहिलेको अवस्था सबै राज्यको प्राथमिकतामा भनेको जनताको स्वस्थ्य सुरक्षा भएको हुनाले त्यसमा केन्द्रित हुन समेत सम्पुर्ण राज्यसरकारलाई प्रधामन्त्री मोदीले आग्रह गरेका छन् ।

अफवाह र अन्धविश्वासवाट टाढा रहि डक्टरको सुझाव विना औषधि प्रयोग नगर्न सकेत उनले सुझाएका छन । सरकारी निकायले दिएको सल्लाह सुझाव पुर्ण रुपमा पालना गर्न अनुरोध गर्दै मोदीले आगामी २१ दिन गरिने लक डाउनबाट यो भाइसरलाई प्रतिकार गर्न सकिने समेत उनले बताएका छन् ।

भारतले यस भन्दा अघि जनता कफ्र्यू गरेकोमा लक डाउन भनेको राष्ट्रिय कफ्र्यू सरह हो । थप संक्रमण हुन नदिनका लागि आगामी २१ दिन लक डाउन गरिएको समेत उनले बताएका छन् । अहिले भारतमा कोरोका भाइसरको संक्रमण ४९० जनामा देखिएको छ भने ९ जनाको मृत्युु भैसकेको अवस्था छ ।