कोरोनाबाट विश्वभरि २१ हजार २९७ को मृत्यु, ४ लाख ७१ हजार बढी संक्रमित (अपडेट)

0
Shares

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबार बिहान ११ बजेसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९७ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि ४ लाख ७१ हजार ७४२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख १४ हजार ६९६ जना उपचारपछि घर फर्किएका छन् भने ३ लाख ३५ हजार ७४९ व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९९ देशमा देखा परिसकेको छ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट इटालीमा सबैभन्दा धेरै ७ हजार ५०३ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ ।

इरान कोरोनाबाट मृत्यु हुने चौथौं ठूलो दशे बनेको छ। इरानमा यस रोगबाट २ हजार ७७, फ्रान्समा १ हजार ३११ जना, अमेरिकामा १ हजार ३२ जनाको मृत्यु भैसकेको छ।

यसैगरि बेलायतमा ४६५, नेदरःयाण्डमा ३५६, जर्मनी २०६ जना, बेल्जियम १७८ जना, स्वीजरल्याण्ड १५३ जना, र दक्षिण कोरीयामा १३१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। बाँकी ९० देशमा १०० भन्दा कम व्यक्ति यस रोगबाट मरेका छन् भने ९७ देशमा रोगको संक्रमण भएपनि हालसम्म मृत्यु भएको छैन।
बिहीबार मात्रै चीनमा ६ जना नयाँ स्रक्रमित फेला परेका छन्। यसैगरि अमेरिका र दक्षिण कोरीमा ५।५ जना, भारत अष्ट्रेलिया र मेक्सिकोमा १।१ जना नयाँ संक्रमित फेला परेका छन्।

कोरोना भाइरस सङ्क्रमणको आधारमा चीनमा सबैभन्दा धेरै ८१ हजार २८५ जनामा यो संक्रमण भएको पाइएको छ। यसैगरि इटालीमा ७४ हजार ३८६ जना, अमेरिकामा ६८ हजार ४७२, स्पेशनमा ४९ हजार ५१५, जर्मनी ३७ हजार ३२३, इरान २७ हजार १७, फूान्स २५ हजार २३३, स्वीजरल्याण्ड १० हजार ८९७ र बेलायतमा ९ हजार ५२९ जनामा संक्रमण देखिएको छ। बाँकी २३ देशमा १ हजारभभन्दा बढी संक्रमित भेटिएका छन् भने ६० देशमा १० हजारभन्दा कम १०० भन्दा बढी संक्रमित रहेका छन्। १०० भन्दा कम संक्रमित हुने दशेको संख्या १०७ रहेको छ।

छिमेकी मुलुक भारतमा ६६५ जनामा यो संक्रमण भेटिएको छ । जसमध्ये ८ जना नयाँ बिरामी भेटिएका हुन्। यस रोगबाट बुधबार १ सहित १३ जनाको मृत्यु भएको छ भने ४३ जना निको भएर घर फर्किएका छन्। अझैपनि ६०९ जनामा यो रोग रहेको छ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ३ पुगेको छ। ३ मध्ये १ जनालाई यो रोग निको भैसकेको छ भने २ जनामा अझै बाँकी छ। नेपालमा ६८७ जनामा परीक्षण गरिएकोमा ३ जनामा पोजिटिभ फेला परेको हो। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भैसकेको नभएपनि यो रोगको फैलने शक्ति अत्याधिक रहेकाले बैलैमा सचेत हुन आवश्यक छ।

कोरोनाभाइरसबाट विश्वभरि भएको संक्रमण, मृत्यु, निको हुनेको बिहीबार ११ बजेसम्मको तथ्याङ्क यस्तो छ:-