आरविआईद्धारा ब्याजदरमा कटौती, कर्जाको मासिक किस्ता ३ महिना ढिलो तिरे पनि हुने

0
Shares

भारतीय रिजर्भ बैंक (आरविआई)ले कोरोका भाइरसका कारण देश नै लकडाउनमा भएपछि कर्जा तिर्ने अवधिमा लचकता अपनाउन बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । आरविआइले ऋणीलाई ऋणतिर्न समयअवधि ३ महिना बढाउन भनेको हो ।

कोरोना भाइरसका कारण ऋणीको आयमा असर गर्ने भएपछि भारतीय केन्द्रीय बैंकले ऋणीलाई सहजता दिनलाउनका लागि यस्तो व्यवस्था गरेको हो । जसअनुसार कर्जाको मासिक रुपमा बुझाउनुपर्ने ऋणीले पछिल्लो ३ महिनासम्म किस्ता तिर्ने समय पाएका छन्।

त्यसैगरी आरविआइले व्याजदरमा समेत ०.७५ प्रतिशतले कटौती गरेको छ । भारतीय केन्द्रीय बैंकले ब्याजदरमा ०.७५ प्रतिशतले कटौती गरेपछि अब रिपो रेट घटेर ४.४० प्रतिशतमा झरेको छ । आरविआईले अहिले अझै बढी घटाउने भनिएपनि यसभन्दा अघि गत अक्टोबरमा ०.२५ प्रतिशतका दरले ब्याजदर घटाइसकेको हुनाले हाल ०.७५ प्रतिशत मात्र घटाइएको हो।

त्यसैगरी रिभर्स रिपो रेटमा ०.९० प्रतिशतले घटाएर ४ प्रतिशतमा झारेको आरविआइले सिआरआर १ प्रतिशतले घटाएर ३ प्रतिशतमा झारेको छ ।

आरविआइले गरेको ३ महिनामा कर्जाको किस्ता भुक्तानी समय थप गरेको व्यवस्थाले साना तथा मझौला कारोबारीलाइए ठूलो राहात मिल्ने देखिन्छ । यसमा सबै कमर्सियल, ग्रामीण, सहकारी बैंकबाट लिएको कजार चुक्ता गर्ने अवधि थप गरेको हो । त्यसका साथै होम लोनको सन्दर्भमा पनि यो व्यवस्था लागू हुने आरविआइले जनाएको छ ।