पुनर्बीमा कम्पनीको आईपीओ नतिजा नोट बजारमा यसरी हेर्नुहोस्

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँडको नतिजा नोट बजारमा प्रकाशित भएको छ ।

आईपीओको नतिजा हेर्नको लागि नोटबजारकोको गृहपृष्ठमा रहेको आईपिओ रिजल्ट ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपीओको नतिजाका लागि आफ्नो हितग्राही खाता नम्बर (BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।

आईपीओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार ३ लाख ९० हजार ६ सय ३८ आवेदकले कम्पनीको शेयर पाएका छन् । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन परेकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । सदर ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफांड गरिएको हो।

जस अनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन गर्ने सबैले मागेजति शेयर पाएका छन् । कम्पनीका अनुसार २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर माग गरेका थिए । उनीहरु सबैले मागेजति शेयर पाएका छन् ।
यस्तै ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका छन् ।

सोहीमध्ये गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ ।

बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो ।
हाल यस कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुँदैछ ।