कोरोनाका कारण २४ घण्टामा ७ हजार ७ सय बढीले ज्यान गुमाए

0
Shares

कोरोना भाइरसका कारण गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ७ हजार ७ सयभन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म दुई सय १० देशमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

१४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ । पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएको वल्डोमिटरले जनाएको छ ।

अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ भने ६ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २१ हजार ६ सयभन्दा धेरै, स्पेनमा १८ हजार सात सयभन्दा धेरै, फ्रान्समा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा गएको २४ घण्टामा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।