कोरोना नियन्त्रण गर्न एनआईसी एसियाले दियो १ करोड ५ लाख

0
Shares

एनआईसी एसिया बैंकले सातवटै प्रदेशलाई प्रतिप्रदेश १५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले विश्व महामारी कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा उक्त रकम प्रदान गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। सहयोग रकममध्ये बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरी कुल १५ लाख एउटा प्रदेशलाई दिइएको बैंकले जनाएको छ।

कोरोना नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ। सोहीकारण उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटनलगायत क्षेत्रमा प्रभाव परेको छ। यसैबीच, बैंकले यो समयमा विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्नेहरुलाई प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको खाद्य सामग्री समेत सहयोग गरेको जनाएको छ।

२१ लाख बढी ग्राहक भएको बैंकको देशैभर ३१९ शाखा, ४ सय ६१ एटीएम, १ सय ८ वटा एक्स्टेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्।