डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर, कति पुग्यो डलरको भाउ ?

0
Shares

नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

अमेरिकी डलरको विनियम दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो। केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २३ रुपैयाँ २८ पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघिको न्यून विनिमय दरको तुलनामा शुक्रबार नेपाली मुद्राको भाउ कमजोर (अवमूल्यन) भएको हो ।

शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ६८ पैसा तोकेको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि रुपैयाँ पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ  । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।