कोरोना राहत कोषमा ज्योति लाइफको ७ लाख ५० हजार योगदान

0
Shares

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख ५० हजार रुपियाँ योगदान गरेको छ।

नेपाली नागरिकलाई स्तरीय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अग्रपंक्तिमा रही अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ कोषमा रकम जम्मा गरिएको कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशबिक्रम खत्रीले जनाएका छन् ।