कोरोना अपडेटः विश्वभर संक्रमित साढे २२ लाख, मृतकको संख्या १ लाख ५४ हजार नाघ्यो

0
Shares

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ भने संक्रिमतको संखया २२ लाख ५० हजार माथि पुगेको छ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ७ लाख ९ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार १५४ भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा १ हजार ३८६ जनाको मृत्यु भएको छ ।

दोस्रो र तेस्रो स्थानमा स्पेन र इटाली रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार ५०० नाघेको छ । स्पेनमा भने २० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ७०० जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३३२ जना र स्वीडेनमा एक हजार ४०० जनाको मृत्यु भएको छ ।