‘जगको खाल्डो खन्दा र भवन ठडिदाको अवस्था फरक हुन्छ, दोधारे नीति मुलुकको आवश्यकता’ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट वितरणमुखी र पपुलिष्ट भएको आरोपको खण्डन गर्दे यसलाई समयको आवश्यकता भएको दाबी गरेका छन् ।

बजेटपछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आफूले अघि सारेका आर्थिक तथा राजस्व नीतिको बचाउ गर्दे घरको जग खन्दा र घर उठाउँदाको अवस्था फरक हुने बताए । चालु बजेट अर्थतन्त्रको आधार अर्थात जग निमार्णको अवस्थामा भएको र अहिले घर निमार्णको काम अघि बढेकाले आगामी बजेट जन अपेक्षा अनुसारको पपुलिष्ट ल्याईएको जिकिर गरे ।

अर्थमन्त्रीले भने, “जनतालाई धेरै पर्खाइ राखेर पनि धैर्यको बाध टुटाउन राम्रो हुँदैन, तर जुन हामीले पपुलर काम गर्छौ त्यसलाई टिकाई राख्न, सुदृढ बनाई राख्न, त्यो भन्दा उच्च आर्थिक वृद्धि गर्न जग पनि बलियो बनाई रहनुपर्छ । पोहोर साल घरको जग खनिरहेका थियौ । उद्यो गईरहेको देखियो अहिले उघो आउँदा उल्टो देखियो । खाल्टै मात्र खनिरहनुपर्छ भन्ने होईन, खाल्डो खन्दा र भवन ठडिदाको अवस्था फरक हुन्छ ।”

मुलत आगामी आर्थिक वर्षको बजेट नागरिकहरुका तत्कालीन आवश्यकताहलाई सम्बोधन गर्ने र दिर्घकालिन विकासको दरिलो रुपमा अगाडि बढाउँदै भएको आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन दुईधारे नीतिबाट अगाडि बढेको छ ।दुई धारे भनेको दोधारे चाहि होईन । दुईधारे नीति रणनीतिक रुपमा राम्रो मानिन्छ । अर्थमन्त्रीले थप प्रष्ट्याए ।

जनताको विकास निमार्ण तत्कालै भईदिउन भन्ने अपेक्षाहरु, तत्कालै लाभ पाइयोस भन्ने अपेक्षाहरु स्वभाविक हुन । कतिपय कुराहरु हामीले दिर्घकालिन विकासको सोचले पनि गर्नुपर्छ जसको प्रतिफल तत्तकालै देखिदैन । तर पछि देखिन्छ । त्यस्ता कामहरु अहिले सुरु गरिएन भने पछि ढिला हुन्छ । यी दुई वटै कामहरुलाई सन्तुलनमा राख्नेगरी हामीले बजेट तर्जुमा गरेका हौ । उनले भने ।

मुलुकको आर्थिक वृद्धि र औद्योगिकीकरणलाई अघि बढाउने दृष्टिले हेर्ने हो भने अब हामीले आयातमुखी राजस्व प्रणालीलाई आन्तरिक उत्पादनमुखी बनाउनु पर्छ । त्यही भएर हामीले आन्तरिक उत्पादन वृद्धि गरेर राजस्व बढाउनतर्फ लाग्नुपर्छ । अर्थमन्त्रीले भने ।

मन्त्री खतिवडाले चालु आर्थिक वर्षमा सम्पन्न हुने अपेक्षा गरिएका माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा चालु आर्थिक वर्षमा निर्धारण गरिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिएको बताए । ’जुन आयोजना यसैवर्ष सम्पन्न हुन्छन् भन्ने अपेक्षा थियो, ती आयोजना केही समय पछि सरेका कारण लक्ष्यअनुसारको वृद्धि हासिल गर्न कठिनाई भएको हो,’ खतिवडाले भने।

उनले यो बजेटले सामाजिक र पूर्वाधार क्षेत्र दुवैलाई प्राथमिकतामा राखेको भन्दै सफल कार्यान्वयनबाट ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने पनि दाबी गरे।