साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।