विशाल ग्रुपद्धारा स्वास्थ्य मन्त्रालयलाई मेडिकल सामग्रीहरु हस्तान्तरण

0
Shares

विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्उ उच्च अधिकारीहरुको उपस्थितिमा ५०० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), २०० थान इन्फ्रारेड थर्मोमिटर र ८ हजार ९५० थान एन ९५ मास्क हस्तान्तरण गरेको हो ।

नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।

‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

यो विषम परिस्थितिमा विशाल ग्रुप देशको साथमा छ र आफ्नो स्रोत र शिपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।

विशाल ग्रुप कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको समर्थन गर्दै सर्वसाधारण जनतालाई प्रतिबन्ध लकडाउनको पूर्ण पालना गर्न अपिल समेत गरेको छ।