“डिश होममा डिलर दाईको डिस्काउण्ट” योजना अन्र्तगत मेगा लक्की ड्र सम्पन्न

0
Shares

डिशहोमले “डिश होममा डिलर दाईको डिस्काउण्ट” नामक योजना अन्र्तगत २०७७ साल जेठ ९ देखि २०७७ साल जेष्ठ १५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

मेगा लक्की ड्र जेष्ठ १५ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिँदै प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिने भएको छ ।

आउने लक्की ड्र २०७७ साल जेष्ठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेष्ठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ २३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ।