पुनकर्जा बैंककै तहबाट पाउने व्यवस्था गर्न व्यवसायीको माग

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले कोभिड प्रभावितका लागि घोषणा गरेको पुनकर्जा बैंककै तहबाट पाउने व्यवस्था मौद्रिक नीति मार्फत गर्नुपर्ने बताएका छन् ।

कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन बजारमा तरलता व्यवस्थापन गर्ने, उद्योगहरुलाई चलायमान बनाउन जतिसक्दो छिटो मौद्रिक नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

गोल्छाले सरकारले बजेट मार्फत घोषणा गरेको पुनरकर्जा ठूला मात्र नभई देशभरी रहेका साना, मझौला व्यवसायीले समेत सहज रुपमा पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरे। उनले पुनकर्जाको ब्याज ५ प्रतिशत भन्दा माथि हुन नहुने सुझाब दिए।

राष्ट्र बैंकले बैंक ब्याजदर घाटाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ। ‘अहिले बैंकहरुले असारमसान्तमै बैंकको कर्जा र ब्याज तिर्न ताकेता गरिरहेको छन् । उद्योगी व्यवसायीहरुको कर्जा तथा ब्याज तिर्ने अवस्था देखिदैन् । यसैले मौद्रिक नीतिले कर्जाको पुनसंरचनालाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ ।’ गोल्छा भने ।

साथै उनले तरलता व्यवस्थापन, सहुलियत कर्जा र श्रमिक व्यवस्थापन लगायतमा उद्योग व्यवसाय क्षेत्रलाई पुनजार्गित गर्न स्ट्युमलस प्याकेज जरुरी रहेको सुझाब दिए ।